भ्रष्टचारको प्रभाव सिधा जनतामा
हरि थापाजुन जनसागरबाट प्राप्त भएका उपलब्धिहरुलाई नेताज्यूहरुले भङ्कर डरलाग्दो कालखण्डलाई विभिन्न तन्त्रको नामाकरण गर्दै जानु भयो । एेतिहासिक उपलब्धि भएको घोषणा गर्नु भयो र सुशासन नेपालको परिकल्पना जनमानसमा पुर्याउनु भयो ।
जनताहरु अाशातीत भइरहे तर एकरत्ती पनि परिवर्तनको अाभाष गरेनन् । न्यायचित ठान्न सकेनन् । अन्यायको ज्वाला दन्कीरह्यो । कसैले निभाउने अाट गरेनन् । बलेको अागो ताप्ने काम मात्र गरिरहे र देशलाई क्रमबद्ध लुछ्ने प्रवृती कायम रह्यो र घाइते अामामाथि प्रहार भइ नै रह्यो।
जे गर्यो यहि तन्त्रले गर्यो । कतिको ज्यान गयो, यहि तन्त्रले कतिको सिउँदो पुछियो, कतिको तन, मन, धन छेदविच्छेद भयो । विभिन्न तन्त्रकै नाममा गरिबहरुमाथि दमन भइरह्यो । जब तन्त्र पुर्ण रुपमा स्थापित भयो फेरी अर्को तन्त्रको सुरुवात भयो छोटो समयमा विभिन्न तन्त्रको चर्चा भइरह्यो ।
विभिन्न तन्त्र स्थापित भएपनि साधरण गरिबहरु जनताहरु विस्तापित नै भइरहे। न यिनीहरुको गाँस, बास र कपासको ग्यारेन्टी भयो न त शान्तिपूर्ण मागको संम्बोधन भयो वा कुनै सम्बृद्ध नेपाल हुने छनक नै देखियो ।
अाखिर भयो के त ? जिज्ञासाको ओइरो बर्सिन्छ । तर जवाफदेहि कोही हुँदैन । हरेकले गल्ती गरेका छन् तर मैले गल्ती गरेको हो माफ गर्नुहोला भन्ने कुनैपनि जनताका प्रतिनिधि वा राजनेताको हिम्मत रहेन । सबैले अाफुलाई सबल सक्षम ठानिरहे । यसैको परिणाम हो यो अहिले जनताले भोगिरहेका छन् ।
शासक परिवर्तन भए । आलोपालो प्रणाली हावी भयो । कुर्सीकोमोहले कहिल्यै पनि छोडेन । प्रतिपक्षमा हुँदा अर्थात् सरकार बाहिर हुँदा हरेक पार्टीका मुद्दा एजेण्डाहरु जनतामा निहित हुन्छन् पारदर्शी र प्रभावकारी एजेण्डाहरु हुन्छन् । जब सरकारमा पुग्छन् लागु गर्छु भनेर प्रण गरेका मुद्दा तथा एजेण्डाहरु सुस्तरी हराउँदै जान्छन् । बिर्सिँदै जान्छन् । उनीहरुलाई यो हेक्का रहँदैन कि जनताको कुन विषय, कुन माग र समस्या समाधान गर्न अाफुलाई सरकारमा नियुक्त गरिएको छ । जटिल समस्या कुन हो ? कसरी समाधान गर्ने भन्नेमा पट्टकै विश्वस्त देखिँदैन ।
यहाँ स्याल भएर सत्तामा छिर्ने अनि बाघ भएर सत्ता बाहिर अाउने संस्कारले गतिलो जरा गाडेको छ अनि जनतासमकक्ष प्रस्तुत हुँदा प्रतिपक्ष अथवा सरकार पक्षले गर्न दिएन भनेर अारोप प्रत्यारोप लगाउन सायदै विश्वमा नेपाल प्रथम श्रेणीमा नअाउला भन्न सकिदैन।
यस्ता तन्त्रलाई बेलाबेला जन्माउँदै न्वारान गरियो तर हरेक तन्त्रले जनतालाई प्रभावकारी राहत दिन सकेन ।जनभावना समेट्न सकेन । उल्टै लुट्ने काम भयो थिचोमिचो बढ्यो । जब नेताहरु स्वतन्त्र भए तब राजनीति मौलायो र चरम सिमा नाघ्यो अन्तत: जनताको जीवनस्तर झन् झन् कमजोर हुँदै खस्कन थाल्यो ।