डर्टी भ्यालेन्टाइन
हरि थापाभ्यालेन्टाइन डे मा प्रेम गर्ने प्रेम जोडीहरुको तन, मन र उमङ्गले छाउनु र प्रेम जोडी नहुनेहरुलाई भित्रभित्रै भत्तभत्ती पोल्नु भएकाले प्रेम गर्नेहरुका लागि यो दिन निकै महत्वपूर्ण हुने गरेको छ । यद्यपी प्रेम गर्ने जोडीले कुनै स्पेसल दिन पर्खिरहनु पर्दैन । यो कता-कता नक्कल हो कि जस्तो महशुस पनि नहुने होइन । तर यस प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे लाई अवसरको रुपमा लिएको पाइन्छ । यो अवसर र चुनोैतीको मिश्रण हो । माया गर्ने त्यसपछि को चुनोैतीलाई समस्याको रुपमा लिने कि नलिने भन्ने कुरा पनि जोडिन अाउँछ । जब प्रेमपछि सहजै स्वीकार गर्छ भने त्यो कुनै अापत्तिको बिषय भएन । जब प्रेमपछि स्वार्थ लुटेपछि भाग्छ भने त्यो दुखद एवं ठूलो समस्याको विषय बन्छ ।
प्रेम कै नाममा विवाहित श्रीमतीहरु प्यासी पुरुषकोमा पुग्ने अथवा योैनिक अाकर्षणमा जबरजस्त दोश्रो व्यक्तिसँग हेलमेल हुन पुग्ने युवा अथवा युवती प्रेमको नाटक गर्दै जीवन बर्बाद बनाउने र बनाइदिनेहरुको लागि कसरी यो प्रेम दिवस हुन सक्छ ?
हो यो सदावहार जिम्मेवार पुरा गर्न सक्ने प्रेमिप्रेमिकाको लागि अझ मायालाई प्रगाढ बनाउन सक्ने उपहार लिएर दिएर मजवुद् बनाउन पनि सक्छ भने कतिको देखावटी गिफ्ट नल्याइदिएको भन्दै अाजकै दिन अर्थात् भ्यालेन्टाइनको दिनदेखि छुट्नेहरु पनि कम छैनन् भने कसरी म यसलाई सफल प्रेम दिवसको रुपमा मनाअोैँ ?
मलाई त लाग्छ, सदावहार प्रेम गरिरहने प्रेम जोडीलाई यसले खासै फरक पार्दैन यो देखासेखी गरी प्रेम प्रस्ताव गर्न नसक्नेहरुको लागि उत्तम दिन बनेर अाउन सक्छ भने केहीको भएको सम्बन्धलाई यहि भ्यालेन्टाइनको अवसरमा गुमाउनु पर्ने हुन्छ । जसले यो प्रेम दिवस कालो दिन स्थापित भएको महशुस गर्छ ।
भनिन्छ, प्रेमको कुनै टुंगो हुँदैन, अर्थात् यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि हुन सक्छ । सानोतिनो हेलचेक्र्याइँले जुनसुकै बेला टुट्न सक्छ । प्रेमको कुनै बार, तिथि र अवसर हुँदैन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । अन्धो भएर नै प्रेमले अर्काकी श्रीमती भन्दैन, बच्चाकी अामा भन्दैन, आफन्त चिन्दैन, जात, धर्म, परिवार, घर सबै त्याग्न पछि पर्दैनन् । यो कस्तो प्रेम हो ? प्रेमकै नाममा विस्थापित भएर बाँच्नु परेपछि एउटाको प्रेम गुमाएर अर्कोलाई प्रेम गर्न परेपछि कसरी सफल प्रेम भन्ने ? जब प्रेम गर्ने जोडी घरपरिवार र समाजले त्यतिकै माया सद्भाव दिन्छ भने बल्ल त्यो दिनको मुल्य हुन्छ । मान्यता हुन्छ । तर, प्रेमकै नाममा अन्तरजातिय विवाह गर्दा समाजले त्यस्ता जोडीलाई हत्या गरेको समेत सुन्नमा आएको छ । अब कसरी मनाउने प्रेम दिवस ?
हो यसले सकारात्मक भन्दा नकरात्मक प्रभाव पारेको छ । जसले श्रीमान गुमाए श्रीमती गुमाएर माया प्रेमको नाममा दोश्रो व्यक्तिको आडमा फसाउने खेल पनि नभएको होइन । म कसरी भनौं यो प्रेम दिवसले राम्रो गरेको छ । बरु यसले त उल्टै पिडा दिएको छ । जसरी घाउमा नुनचुक हाल्दा हुन्छ ।
अन्तत: प्रेम गर्ने जोडी जसले प्रेम गरे, उनीहरूले नियम जानेर वा मानेर कहिल्यै प्रेम गरेनन् । प्रेममा परुन्जेल उनीहरूलाई लाग्यो, प्रेमको न त परिभाषा हुन्छ न यो नियममै बाँधिन्छ । योैवनको अावेगमा अाफूलाई समाल्न नसकी सजिलै प्रेमीलाई सर्वश्व सुम्पिन्छन् र
जब कोही प्रेमबाट बाहिर हुन्छ । छुट्छ । टुट्छ र भत्ताभुङ्ग हुन्छ । त्यसपछि उसले प्रेम गर्नेहरूको जीवनलाई अध्ययन गर्न थाल्छ । अाफूलाई बुझ्ने कोशिस गर्छ । जब प्रेमको नाममा अाफू लुटिएको महशुस हुन्छ, त्यसबेला उसले सोच्छ कि आफ्नी पुरानो माया अहिले कोसँग पो मज्जा लिइरहेको होला ? अनि सोच्छ, यो सब नाटक रहेछ ।