scheduleमगलवार फाल्गुन १३ गते, २०७६

दलित छात्रवृत्तिमा चरम अनियमितता

वीरगन्ज, १० फागुन । जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त छन् ।

जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन् ।

जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताए । उजुरी परेकामध्ये ६० वटा फछ्र्योट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय