scheduleशुक्रवार भाद्र ६ गते, २०७६

भैंसी नपाउँदा बेहुली छाड्ने समातिए

महोत्तरी, १६ फागुन । दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेर खोरमा हालेको छ ।

सिउँदोमा सिन्दुर हालिसकेकी बेहुली छोड्ने बेहुला कान्छी बजार–९ का रोदी कापरलाई प्रहरीले पक्राउ गरेर खोरमा हालेको हो । बर्दिबास नगरपालिका–८ फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको हिन्दु परम्पराअनुसार विवाह भएको थियो । दाइजोमा लैनो भैंसी नपाएपछि बेहुलाले बेहुली नअन्माई हिँडेका थिए ।  अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage