scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

पाल्पा दरबार पुनःनिर्माण सम्पन्न

पाल्पा, १७ फागुन । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो । तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा छ करोड ३१ लाखको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय