scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

चुनावको वातावरण बनाउन नयाँ शक्तिको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’

काठमाडौं, २८ फागुन । नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय एकताको लागि ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सुरु गर्ने भएको छ ।

विहीबार बसेको उक्त पार्टीको राष्ट्रिय तथा सामाजिक जनपरिचालन समितिको बैठकले उक्त अभियानलाई तीन चरणमा सञ्चालन गर्ने निर्णय गरेको हो । समितिका संयोजक रामकुमार शर्माको अध्यक्षता र पार्टीका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको बैठकले समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी हस्तक्षेपका लागि चैत महिनाभरी उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘देशमा विद्यमान गतिरोध जबसम्म सहमतिमा संविधान संशोधन गरिँदैन, तबसम्म सबै नेपाली चुनावमा जाने वातावरण बन्दैन,’ समितिका संयोजक शाहले भने, ‘यसै सन्दर्भमा संविधानमा संशोधन गरी चुनावी वातावरण बनाउनको लागि दबावस्वरुप यो अभियान अगाडि बढाउन लागिएको हो ।’

समितिका संयोजक शाहले यो अभियान नयाँ शक्तिको एकल कार्यक्रम पनि हुन्छ र संयुक्त कार्यक्रम पनि लिएर जान सकिने जानकारी दिए । उनले संयुक्त कार्यक्रमको लागि नागरिक समाजदेखि संघीय गठबन्धनसम्म कुराकानी भइरहेको बताए । ‘नागरिक समाजलाई आआफ्नो ठाउँबाट निर्वाचनको वातावरण बनाउन आआफ्नो ठाउँबाट दबाव दिन र सकरात्मक सहयोगको लागि कुराकानी भइरहेको छ,’ उनले भने ।

‘अहिले हामी हाम्रै पहिचानमा यो कार्यक्रम अगाडि बढाइरहेका छौं,’ संयोजक शाहले भने, ‘मुख्य गरी २२ जिल्ला र काठमाडौं केन्द्रित अभियान हामी चलाउँछौं ।’ अभियानलाई राष्ट्रिय स्वरुपको बनाउने र राष्ट्रिय आन्दोलनको रुपमा विकास गर्न तयारी भइरहेको उनले जानकारी दिए ।

यस्तो छ तीन चरणको कार्यक्रम
क. आन्तरिक तयारी चरण (२०७३ चैत्र १-७)

यो चरणमा २०७३ चैत्र १-३ गतेसम्म प्रदेश नं. १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं. २ को सम्पूर्ण जिल्लाहरु, प्रदेश नं. ५ को नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाका साथसाथै कैलाली र कञ्चनपुरको समेत सहभागितामा प्रदेश भेलाको आयोजना गरी प्रशिक्षण र प्रदेशस्तरको जनपरिचालन समिति गठन ।
– २०७३ चैत्र ४-५ गते प्रदेशस्तरमा निर्माण भएको जनपरिचालन समितिले आफ्नो प्रदेश मातहतका जिल्लाहरुमा जिल्ला, नगर, गाउँ, भेला गरी परिचालन समिति गठन ।

ख. दोस्रो चरण : सडक प्रदर्शन तथा सभा (२०७३ चैत्र ९–१२)
२०७३ चैत्र ९ देखि १२ गतेसम्म निम्न ७ स्थान र मितिमा सडक प्रदर्शन तथा सभा गर्ने

  • इनरुवा – चैत्र ९ गते दिउँसो १२ बजे (झापा, मोरङ, सुनसरीबाट सहभागिता हुने)
  • लाहान – चैत्र ९ गते दिउँसो ४ बजे (सप्तरी, सिरहा, उदयपुरबाट सहभागिता हुने)
  • बर्दिबास – चैत्र १० गते दिउँसो १२ बजे (धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीबाट सहभागिता हुने)
  • चन्द्रनिगाहापुर – चैत्र १० गते दिउँसो ४ बजे –बारा, पर्सा, रौतहट, मकवानपुरबाट सहभागिता हुने)
  • भैरहवा – चैत्र ११ गते दिउँसो १२ बजे (नवलपरासी, रुपन्देही, कपिलवस्तु र पाल्पाबाट सहभागिता हुने)
  • कोहलपुर – चैत्र १२ गते विहान ९ बजे (दाङ, बाँके, बर्दिया, सुर्खेतबाट सहभागिता हुने)
  • धनगढी – चैत्र १२ गते दिउँसो २ बजे – (कैलाली र कञ्चनपुरबाट सहभागिता हुने)

(ग) २०७३ चैत्र १३ गते दिउँसो २ बजे राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठक बसी आगामी तेस्रो चरणको कार्यक्रम घोषणा गरिने ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage