मोर्चाद्वारा सर्लाहीमा नयाँ स्थानीय संरचना बहिष्कार
एस.पी यादव/सर्लाही, ६ चैत । संविधान संशोधनको माग राख्दै आएको मधेसी मोर्चाले संशोधन विधयेक पारित नहुँदासम्म पुरानै स्थानीय संरचनामा काम हुनुपर्ने भन्दै जिल्ला समन्वय समिति, नगरपालिका र गाउँ पालिकाको कार्यालयहरुमा झुन्डियाइएको साइनबोर्डहरु हटाएका छ्न ।
मधेसी मोर्चाले सरकारले राखेको नयाँ संरचनाको साइनबोर्ड हटाएर पुरानै संरचनाको साइनबोर्ड राखेको र नेपाल सरकारको ठाउँमा मधेस प्रदेश सरकार लेखिएको संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवले जानकारी गराए ।
गएको मंगलबार सरकारले देशभरको स्थानीय तहको पुरानो संरचना खारेज भएको र नयाँ संरचना घोषणा गरे पनि मोर्चाले भने पुरानै संरचनामा काम गर्नुपर्ने अडान लिएको छ ।