scheduleआइतवार भाद्र १ गते, २०७६

नयाँ शक्तिको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि

काठमाडौं, ९ फागुन । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ ।

हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

अभियान अन्तरगत चैत ९–१३ सम्म देशव्यापी रुपमा सभाहरु हुनेछन् । बुधबार दिउँसो १२ बजे लहानमा सभा हुनेछ । चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुने देवकाेटाले जानकारी दिए ।

यसैगरी चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ । चैत १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुनेछ ।

यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय गर्ने प्रवक्ता देवकोटाले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage