scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रधानमन्त्रीसँग फरक किसिकको क्षमता भएका पौडेलको भेट

 

काठमाडौं, ९ चैत । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् ।

बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फबाट सहयोग रहने बताए । साथै प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फबाट उचित सम्मान हुने प्रधानमन्त्रीले बताए ।

अर्घाखाची जिल्लाको ठूलापोखरा(२ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा २ रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।
१२ किलो तौल भएका पौडेल ६३ वर्ष पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay