scheduleआइतवार भाद्र ८ गते, २०७६

जहाँ अर्काको श्रीमती चोरेर विवाह गरिन्छ

एजेन्सी । संसारमा विवाह सम्बन्धी विभिन्न रीतिरिवाज देख्न पाइन्छ । अझ आदिवासी समुदायको बिहे अन्य जातिको भन्दा भिन्न हुन्छ । तर दक्षिण अफ्रिकाको वोदोब्बे जनजातिको वैवाहिक प्रचलन सुन्दा जो कोहि पनि अचम्ममा पर्छ । उक्त समुदायका मानिसहरुले विवाह गर्नका लागि एकले अर्काको श्रीमती चोर्ने अनौठोको प्रचलन रहिआएको छ ।

विभिन्न जातिका विभिन्न संस्कृति भएपनि यसप्रकारको प्रचलन भने वोदाब्बे समुदायमा मात्र छ । उक्त जनजातिको कानुन पनि अजिवको छ । बताइएअनुसार पहिलो विवाह घरपरिवारले मागेर गरिदिने भएपनि दोस्रो विवाह गर्ने चलन भने भिन्न नै छ । यदि उक्त समुदायको कुनै सदस्यले दोस्रो विवाह गर्न चाहन्छ भने उसको विकल्प भनेको नै अर्काको श्रीमती चोर्नु हो । नत्र उसलाई विवाह गर्ने कुनै पनि अधिकार हुँदैन ।

यस जनजातिको मानिसहरुबीच प्रत्येक वर्ष गेरेवोल फेस्टिवल आयोजना गरिन्छ । सोही अवसरमा केटाहरुले अनुहारमा रंग दलेर अर्कोको श्रीमतीलाई विभिन्न क्रियाकलाप देखाएर रिझाउन प्रयास गर्छन् । तर, त्यस्तो अवस्थामा यो कुरामा ध्यान दिनु जरुरी हुन्छ कि उक्त महिलाको पतिलाई  रिझाउन गरेको प्रयास थाहा हुनु भएन । त्यसपछि यदि महिला दोस्रो पुरुससँग भाग्छिन् भने वोदोब्बे समुदायका मानिसहरुले उनीहरुलाई खोजेर विवाह गराइदिन्छन्  । दोस्रो विवाहलाई प्रेम विवाहको रुपमा स्वीकार गर्ने गरिन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage