जोक्स : अनि कसरी अन्त्य हुन्छ भ्रष्टाचार ?
एउटा बोर्डिङ स्कुलले
आफ्ना विद्यार्थीहरुको
ग्रुप फोटो खिच्ने भयो…
प्रिन्सिपलले फोटोग्राफरलाई भने:-
‘प्रति फोटो ४०/- त बढी भयो,
अलिक मिलाउनुस् न’
फोटोग्राफर:- सर चलेको रेट त ५०/- हो,
ठिकै छ म हजुरकोलागी३५/- सम्म
गरिदिउँला
प्रिन्सिपल:- ३५/- हैन…
६०० विद्यार्थी छन् ।
३०/- गर्नुस् !
फोटोग्राफर:- हस् सर !
अब प्रिन्सिपलले
सबै क्लास टिचरलाई
बोलाएर भने:-
‘सबै विद्यार्थीलाई ग्रुप फोटोको लागि
भोलि ६०/- ल्याउन भन्नुहोला’
क्लास टिचर कक्षा कोठामा गएर:-
‘भोलि तिमीहरुको ग्रुप फोटो खिच्ने
कार्यक्रम छ…
भोलि घरबाट १००/- लिएर आउने !
विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-
‘बजारमा ५०/- मा खिच्ने फोटो
यहाँ ५०/- ?
यो सब टिचर र फोटोग्राफर
को मिलोमतो हो ।
भलाईको त जमाना नै छैन ।
विद्यार्थी (आमा सँग):-
‘मम्मी भोली स्कुलमा ग्रुप फोटो खिच्ने रे…
१५०/- चाहियो ।’
आमा:- १५०/- चाहियो रे ?
हैन यो स्कुलले कति लुट्न सकेको ?
कहिले के भनेर पैसा मागेको छ,
कहिले के भनेर पैसा मागेको छ ।
छ्या ! नसक्ने भएँ म त…
पख भरे तेरो बाबा आएपछि मागिदिउँला !
आमा (बाबा सँग):- स्कुलमा फोटो खिच्न २००/-
चाहियो रे बाबुलाई !
अनि कसरी अन्त्य हुन्छ भ्रष्टाचार ?