scheduleशनिवारमाघ १० गते, २०७७

चिनियाँ भू–भागमा सवारी आवागमन बन्द

रसुवा, १४ चैत । नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ ।

सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी साधन आवातजावत बन्द भएको छ ।

सडक खोल्न कम्तीमा तीनदिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन् । बा६ख ९७६५ नंको आफ्नो कन्टिनर डिब्बा बाटोमै छोडी नेपालतर्फ आएको कन्टिनर चालक लाक्पा नुर्पु तामाङले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay