scheduleमगलवार माघ १४ गते, २०७६

बालबालिकामा हुने क्यान्सरमा १३ प्रतिशतले वृद्धि

एजेन्सी । २० वर्ष यता बालबालिकामा हुने क्यान्सरमा १३ प्रतिशतले बृद्धि भएको अध्ययनले देखिएको छ ।

विश्व स्वाथ्य संगठन क्यानसर शाखाको तथ्याङ्कका अनुसार बाल्यावस्थामा लाग्ने क्यानसर तुलनात्मकरूपमा एकदमै दुर्लभ छ । जब यो रोग बालबालिकामा पाइन्छ, तब यो कुनै वातावरणीय वा जीवनशैलीको प्रभावलेभन्दा पनि बच्चाकै आनुवंशिक (जेनेटिक) बनावटले प्रभावित भएको पाइन्छ ।

यसको वृद्धि हुनुको कारणको प्रभावकारी अनुसन्धानको कमी पाइन्छ । तर विज्ञ भने यसको सम्पूर्ण कारणहरू पत्ता लगाउन विश्वभरीकै सही, असल तथ्याङ्क समेट्न अति आवश्यक रहेको बताउँछन् ।

क्यानसर अनुसन्धानका निम्ति अन्तर्राष्ट्रिय एजेन्सी (आरएआरसी) ले आफ्नो यस खोजलाई मेडिकल जर्नल ल्यानसेट अन्सोलोजीमा प्रकाशित गर्दै भनको छ, ‘विश्वभरी रेकर्ड भएको क्यान्सर रजिस्टर्सको संख्यामा विगत १९८० बाट वृद्धि भएको हो । २००१ देखि २०१०को बीचमा विचमा प्रत्येक १० लाख बच्चाहरूमध्ये १४ वर्ष मुनिका १४० क्यानसरपिडित बच्चाहरूलाई डाइगोनोसिस गरियो,जसले १३% वृद्धिदरलाई देखाउँछ ।’ आइएआरसीले पहिलो पटक किशोरअवस्थाको क्यानसरको संख्यालाई देखाएको थियो । जसमा प्रत्येक १० लाखमा १८५ किशोर अवस्थाका क्यान्सर पिडितहरूलाई डाइगोनोसिस गरिन्छ, धेरैजसो लिम्फोमसको, जुन सेता रक्तकोशिकाहरू हुन् त्यसको क्यान्सरबाट प्रताडित छन् ।

‘क्यानसर बालबालिका तथा किशोरअवश्थामा मृत्युको मुख्य कारण हो, यति हुदाँ पनि २० वर्षअघि अहिलेको तुलनामा यो एकदमै दुर्लभ थियो ।’ आइएआरसीका निर्देशक क्रिस्टोफर वाइल्डले भने, ‘यो युवाहरूमा क्यानसको ढाँचा र घटनाका व्यापक नयाँ सुचनाले यसबारे जनचेतना फैलाएर लड्न आवश्यक रहेको देखाएको छ ।’

यो अनुसन्धानले १५ वर्ष मुनिका बालबालिकालाई रगतको क्यान्सर ल्युकेमियाको बढि संक्रमण रहेको देखाएको छ, जुन हाल युरोप र अमेरिकामा पूर्णरूपले उपचार गरिन्छ ।

लेनसेट ह्यामाटोलोजी जर्नलमा प्रकाशित दोस्रो पेपरले २००५ देखि २००९ सम्म विश्वभरीबाट बाल्यावस्थामा एक्युट लिम्फोब्लास्टीक ल्युकिमियाबाट बाँच्नेहरूको संख्यामा कठोर भिन्नता रहेको पाएको छ । जर्मनीमा ९२ प्रतिशत बालबालिका कम्तिमा ५ वर्षसम्म बाँचेको छ भने कोलम्बियामा त्यो संख्यामात्र ५२ प्रतिशत छ । सम्पूर्ण राष्ट्रहरूमा बाँच्नेको दरमा उल्लेखनीय सुधार आएको छ । १९९५–९९ र २००५–०९सम्म पाँचवर्षसम्म बाँच्ने बच्चाहरूको संख्यामा बेलायतमा ७९ प्रतिशतदेखि ८९ प्रतिशत र अमेरिकामा ८३ प्रतिशत देखि ८८ प्रतिशत बढेको छ ।

दोस्रो प्रकारको रोग, एक्युट मेइलोयड ल्युकेमियाको सन्दर्भ पाँचवर्ष जिवितसम्मको संख्या युकेमा ५९ प्रतिशतदेखि ६८ प्रतिशतसम्म वृद्धि भएको छ भने अमेरिकामा ५२ प्रतिशतदेखि ६३ प्रतिशतसम्म वृद्धि भएको देखाउँछ । त्यही समयमा चीनमा पनि त्यो संख्या पर्याप्तमात्रामा वृद्धि भई ११ प्रतिशतदेखि ६९ प्रतिशतसम्म (एएलएल) र ४ प्रतिशतदेखि ४१ प्रतिशतसम्म (एएमएल) देखिएको छ ।

आईएसआरसीले गरेको विश्व क्यानसर वृद्धिको अध्ययनमा विश्वभरिकै क्यान्सर दर्ताको सुचनाहरू बटुलिएको छ । तर उक्त तथ्याङ्कले युरोप र उत्तरी अमेरिकाको १०० प्रतिशतबालबालिकालाई समेटेको छ भने अर्को तर्फ एसिया र अफ्रिकाको भने प्रतिशतलाई मात्र समेटेको जनाइएको छ ।

केही गरिब मुलुकका बच्चाहरूको भने क्यान्सर डाइगोनोसिस गरिँदैन र उनीहरूको मृत्युको छानविन पनि गरिँदैन । जसले गर्दा बालिका तथा साना बच्चाहरूको न्युन क्यान्सर संख्यामा सामाजिक कारकहरूको प्रभाव भएको पाउन सकिन्छ । धनी राष्ट्रहरूमा क्यान्सर सचेतना र विकसित स्रोत र साधनले बालबालिका र किशोरको विवरणलाई वृद्धि गरेको छ ।

-द गार्जियनबाट

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय