scheduleबिहिवार आश्विन २ गते, २०७६

लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम शुरु

अभिषेक परियार/लमजुङ, ३० चैत । लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम सुरु भएको छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम लागू गरिएको हो । कार्यक्रम अन्तर्गत अलैची ब्लक क्षेत्रका अलैची कृषकलाई ३ दिने तालिम प्रदान गरिएको छ । लमजुङको अलैँची ब्लक अन्तर्गत घेर्मू, भुलभुले र बाँझखेतका २५ जना अलैँची कृषकहरु सहभागी भएका थिए ।

यस कार्यक्रमका लागि अहिले उत्पादन गरिरहेका कृषकलाई उत्पादन वृद्धिका हिसाबले र नयाँ कृषकलाई १ सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्नुपर्ने मापदण्डका आधारमा सहगोग गरिने जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

लमजुङमा ब्लक क्षेत्र बाहेक अलैंची, धान, मकै र मौरी लगायत २० वटा पकेट क्षेत्र छनोट गरिएको छ । चालु आवको लागी २ करोड ८ लाख रुपैया अलैँची ब्लक क्षेत्रको लागि छुट्टाइएको अलैंची ब्लक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अजय तामाङले बताए । तामाङका अनुसार यसवर्ष सिंचाइका लागि ५ लाख रुपैया बराबरको पाइप, २० लाख बराबरको ३ गाविसका अलैची कृषकलाई अलैची भट्टी प्रदान गरीने भएको छ भने ६ लाख बराबरको अलैँचीको बेर्ना बितरण गरिने भएको छ ।

यो परियोजनाका लागि सरकारले पाँच अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । १० वर्षमा एक खर्ब ४४ अर्ब रुपैयाँ यो परियोजनाअन्तर्गत खर्च गर्ने सरकारको लक्ष्य छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage