scheduleआइतवार भाद्र ८ गते, २०७६

विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह

काठमाडौं, ५ वैशाख । महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ । मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो ।

नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ ।

समितिकोक प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ। अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ । नागरिक दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage