ड्रोन उडाएका ग्रिसका नागरिक मनाङमा पक्राउ
लमजुङ, १० वैशाख । हिमाली जिल्ला मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन् ।
मनाङ प्रहरीले बुधबार साँझ ग्रिसका नागरिक पेट्रोस नउसियसलाई चामे गाउँपालिका ४ गुम्बा परिसरबाट पक्राउ गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार ड्रोन क्यामेरा फिर्ता गरी जरिवाना लिएर उनलाई छाडिएको थियो । कान्तिपुरमा खबर छ ।