scheduleसोमवार भाद्र २ गते, २०७६

बुबा आमाको सम्बन्धले तय गर्छ छोराछोरीको विवाहको निर्णय

अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् । सायद उनीहरु आफ्ना आमाबुबाले गरेको गलत निर्णयबाट बच्न चाहान्छन् ।
एक अध्ययनका अनुसार विवाह गर्ने निर्णय लिन व्यक्तिले आफ्नी आमाको विवाह तथा वैवाहिक अवस्था हेरेर निर्णय लिने गर्छन् । यसले जीवनसाथी छान्ने निर्णयमा ठुलो असर पार्ने अनुसन्धानले निष्कर्ष निकालेको छ । अध्ययनमा २,५८१ जना आमाहरु र ३,९१४ जना बच्चाहरु समावेश गरिएको थियो ।
अध्ययनकर्ताका अनुसार सानो उमेरमा विवाह गरेकी आमाको वैवाहिक जीवन सफल रहेको छ भने उनीहरु पनि २० वर्षको वा सो भन्दा पहिला नै विवाह बन्धनमा बाधिन चहान्छन् । तर, यदी आमाको विवाह सानो उमेरमा भएर पनि वैवाहिक जीवन राम्रो हुँदैन उनीहरुका बच्चाहरु भने विवाह त गर्छन् तर निकै ढिला ।
अध्ययनकर्ता भन्छन्,‘बच्चाहरु आफ्ना माता–पिताको पारपाचुकेलाई देखेर पनि जीवन साथी कस्तो रोज्नेबारे गम्भिर भएर निर्णय लिन्छन् । यस्ता निर्णय लिन उनीहरु धेरै समय खर्चिने गर्छन् ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage