scheduleआइतवार भाद्र ८ गते, २०७६

मेसेडोनियाको संसदमा प्रदर्शकारी प्रवेश गरी सांसदहरुमाथि हमला (भिडियोसहित)

एजेन्सी, १५ वैशाख । मेसेडोनियामा प्रदर्शनकारीहरुको एक समूहले संसद भवनमै प्रवेश गरेर सांसदहरुमाथि हमला गरेको छ ।

त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए । प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री निकोला ग्रुएभस्कीको ‘भिएमआरओ’ पार्टीका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका छन् र उनीहरुले नयाँ चुनावको माग गरेका छन् । करिब दुई सयको हाराहारीमा प्रदर्शनकारीहरु एकसाथ संसद भवनमा प्रवेश गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन गैरघातक ग्रिनेडसमेत प्रहार गरेको थियो । स्थानीय टेलिभिजन च्यानलका अनुसार सो घटनामा प्रदर्शनकारी, प्रहरीसमेत गरी ४८ जना घाइते भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage