scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

विवाहको २ घन्टाअघि जसले बलात्कार गरेको थियो

एजेन्सी/काठमाडौं, १६ वैशाख । बेलायतको एउटा अदालतले तस्बिरमा रहेका युवकलाई जन्मकैदको फैसला सुनाएको छ । विवाहको केही घन्टा अघिमात्रै नचिनेकी एक युवतीलाई उसले बलात्कार गरेको थियो ।

डोरी फ्लीन मैक्केन नामका यी युवकले १३ जनवरीमा एक युवतीको बलात्कार गरेको दोषी ठहर गरिएको छ । पूर्वी लन्डनको हेकनी क्षेत्रमा भएको घटनामा मैक्केनले आफ्नो विवाहको २ घन्टा अघि युवतीलाई बलात्कार गरेका थिए । स्नेर्सब्रुक क्राउन अदालतका न्यायाधीशले मैक्कनलाई राक्षस भन्दै कम्तिमा ९ वर्ष उसले जेल जीवन बिताउनुपर्ने बताएका थिए । अदालतले बलात्कासहित यौन उत्पीडन र डकैतीको अभियोग सदर गर्दै दोषी ठहर गरेको थियो ।

प्रहरीमा परेको उजुरीका अनुसार मैक्केनले युवतीलाई बलात्कार गरी अपमानित गरेको, युवतीको फोटो खिचेर उनको मोवाइल फोन पनि चोरी गरेको ठहर अदालतले गरेको थियो । प्रहरीका जासुसका अनुसार मैक्केन कोही अन्य युवतीको पिछा लागेको थियो तर तिनी उसको आँखाबाट ओझेल भएपछि पीडित युवतीलाई भिक्टोरियाको जंगलमा तानेर बलात्कार गरेका थिए । समाचार अनुसार मैक्कनलाई किशोरावस्तामा पनि बलात्कार गरेको एक अभियोगमा २००६ मा जेल सजाय भइसकेको थियो । बीबीसी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage