scheduleबिहिवार आश्विन ८ गते, २०७७

अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

लागोस, २९ वैशाख । इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले सम्पूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।

लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताए ।

सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना बालिका केहीदिन अघि अपहरणमुक्त भएका हुन् ।

नाइजेरियाको राजधानी सहर अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले ती सबै बालिकालाई मनोचिकित्सकीय उपचार र पुनःताजकिकरण सम्बन्धित शिक्षा दिइएको बताए ।

उनीहरु अपहरणमुक्त भएको बारेमा जानकारी दिन उनीहरुका बाबुआमालाई उनीहरुको फोटो पठाइएको उनले जानकारी दिए । कतिपय बालिकाको नाम पनि उही भएकाले पहिचानका लागि पनि फोटो पठाइएको उनले स्पष्ट पारे।

‘आमाबाबुलाई उनीहरुका छोरीलाई भेट्न नदिइएको भन्ने कुरा सत्य होइन, हामी उनीहरुलाई भेट्न दिन्छौँ, तर प्रत्येक दिन होइन,’उनले सम्बाददातालाई भने । अधिकांश बालिकालाई सरकारी सेवा सुविधा तथा सहुलियतका लागि सिफारिस गरिएको उनले बताए ।
उनले आउँदो सेप्टेम्बरदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा मात्रै ती बालिकालाई अध्ययनको निरन्तरताका लागि विद्यालय पठाइने र त्योभन्दा अगाडि अन्य सीपहरु सिकाइने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय