scheduleआइतवार भाद्र ८ गते, २०७६

ताइवानको प्रमुख अदालत समलिङ्गी विवाहको पक्षमा !

एजेन्सी, १० जेठ । ताइवानको प्रमुख अदालतले एसियाको सीमित मुलुकमा मात्र प्रावधान रहेको समलिङ्गी विवाहको वैधानिक बाटो आफ्नो देशमा पनि खुलाउने भन्दै समलिङ्गी विवाहको पक्षमा निर्णय दिएका छन् ।

समलिङ्गीलाई विवाह गर्न अवरोध गर्ने अहिलेको कानुनले समानताको अधिकार हनन गरेको र उक्त संविधान असंवैधानिक भएको उच्च अदालतको ठहर छ ।
अहिलेको वर्तमान कानुनलाई संसोधन गर्न संसदलाई दुईवर्ष लागेको थियो । समलिङ्गी, तेस्रोलिङ्गी समुदाय(एलजिबिटि)ले उक्त क्षेत्रमा धेरै उत्पीडन सहनु परेपछि वुधबार त्यस्तो ऐतिहासिक निर्णय आएको हो ।

अदालतले विज्ञप्ती जारी गर्दै दुई समान लिङ्गका मानिसलाई नैतिक रक्षाको नाममा फरक व्यवार गर्नु र विवाह गर्न नदिनु कुनै पनि विवेकको कार्य नभएको अदालतले बताएको छ ।

अदालतको आदेश अनुसार या त संसदले संविधान संसोधन गर्नु पर्ने छ या नयाँ विधेयक पारित गर्नु पर्ने छ । तर यो अझै पनि अस्पष्ट छ कि कति हदसम्म संसदले लचकता अप्नाउने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage