scheduleशनिवार आश्विन ४ गते, २०७६

चुनौतिबीच नेपाल फर्किदैछन् चार वैज्ञानिक

काठमाडौं, १२ जेठ । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई देश फर्काएर अध्ययन अनुस्नधानमा लगाउनलाई अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले नयाँ अभियान थालेको छ । एसियाका केहि मुलुकहरुको अनुशरण गर्दै ‘फर्क है फर्क वैज्ञानिकः तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम ल्याएको नास्टका उपकुलपति जीवराज पोखरेलले बताए ।
उक्त कार्यक्रम अन्तर्गत विदेशबाट फर्कने वैज्ञानिकहरुलाई विज्ञान प्रविधिका विभिन्न क्षेत्रहरु जस्तै वनस्पति, जडिबुटी र औषधी लगायतका क्षेत्रहरुमा काम गराउने योजना रहेको प्रतिष्ठानका अधिकारीहरुले जनाए । छिमेकी मुलुक भारत,चीन र दक्षिण कोरियाले पनि विदेशमा रहेका आफ्ना वैज्ञानिकहरुलाई स्वदेश फर्काएर विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनिय प्रगति हासिल गरेको उनी बताँउछन् । ‘त्यसैबाट नै प्ररणा लिएर हामीले फर्क है फर्क वैज्ञानिकः तिमीलाई डाक्छ नेपाल भन्ने कार्यक्रम आरम्भ गरेको हौ ।’ उनले भने ।
विदेशकमा नेपाली वैज्ञानिकहरुको संख्या कति छ भन्ने यकीन तथ्यांक सरकारी निकायहरुसंग छैन । तर उनीहरु मध्ये केही देशभित्रै काम गर्ने उदेश्यले तुलनात्मक रुपमा थोरै रकममा पनि काम गर्न तयार भएर स्वदेश फर्किरहेका छन् ।
उपकुलपति पोखरेलका अनुसार विदेशमा रहेका १८ जना नेपाली वैज्ञानिकले उक्त कार्यक्रम अन्तर्गत आवेदन दिइसकेको जानकारी दिएका छन् । तिनीहरु मध्ये ४ जना छनौटमा पर्न सफल भएको उनले बताए ।
ति मध्ये एक दक्षिण कोरियामा ११ वर्षसम्म वैज्ञानिक अध्ययन, अनुस्नधानको क्षेत्रमा काम गरेका गोर्खा पालुङटारका माधवप्रसाद न्यौपाने हुन् । उनको विषयगत दक्षता जैविक पदार्थ विज्ञान क्षेत्रमा भएकोले स्वदेशमै यस विषयमा केही गरौं भन्ने चाहना भएको उनले बताए ।
अर्का वैज्ञानिक हुन् दक्षिण कोरियाबाट आएका तेह्रथुमका लक्ष्मीप्रसाद थापा हुन् । उनले ७ वर्षसम्म जैविक इन्धनबारे काम गरेको बताए ।‘यहाँ पनि दुखले काम गर्न सकिन्छ । जैविक उर्जाको क्षेत्रमा नै काम गर्ने विचार छ ।’ उनले भने ।
अनुबन्धन हुन बाँकी अन्य दुईजना मध्ये एक चीन र अर्को अमेरिकाबाट छन् ।
यद्यपी उनीहरुले सोचे जसरी नेपालमा उच्च कोटीको वैज्ञानिक अनुस्नधान गर्न भने त्यति सरल छैन । पहिलो चरणको कार्यक्रम ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ का लागि सरकारले जम्मा ५० लाख रुपियाँको वजेट छुट्याएको पोखरेल बताँउछन् ।
लगानी थोरै भएपनि वैज्ञानिकहरुबाट सरकारले प्रतिफल दिने खालको अपेक्षा राखेको देखिन्छ । बीबीसी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage