scheduleशुक्रवार आश्विन १ गते, २०७८

आज विश्व वातावरण दिवस, प्रधानमन्त्रीले भने– संरक्षणमा लागौं

काठमाडौं, २२ जेठ । आज जुन ५ तारिख, विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघले तय गरेको ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने मूल नाराका साथ आज दिवस मनाउन लागिएको हो । प्रत्येक वर्ष जुन ५ तारिखमा नेपाल लगाएत विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अंग भएकाले संरक्षणमा लाग्न अपिल गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्ने विश्वास लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको बताए । स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवम् एकताबद्ध हुन पनि प्रधानमन्त्रीको अपील रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय