scheduleमगलवार फाल्गुन १३ गते, २०७६

आइजीको काम निक्कै सस्तो, बढुवा रोकेर के गरेको यस्तो ?

काठमाडौं, २८ जेठ । निर्वाचन आचारसंहिता देखाउँदै नेपाल प्रहरीका प्रमूख प्रहरी महानिरिक्षीक (आइजीपी) प्रकाश अर्यालले सस्तो काममा आफ्नो ध्यान राखेका छन् । एआइजी नै नभएको संगठनमा अर्यालले तलदेखि माथिसम्मका बढुवा रोकेका छन् ।
विभिन्न ठाउँमा रहेका प्रहरीका विग्रिएका र भत्किएका गाडीमा ध्यान राखेका अर्यालले बढुवामा ध्यान नदिँदा संगठन नै कमजोर भइरहेको छ । ५ एआइजी, दर्जन डिआइजी, दुई दर्जन एसएसपी, तीन दर्जन भन्दा बढि एसपी, ९० डिएसपी, सय भन्दा बढि इन्स्पेक्टर र तीन सय बढि असईको पद अहिले रिक्त रहेको छ । प्रहरीले यी रिक्त पदपूर्तिका लागि बढुवासहित भर्ना गर्नुपर्ने भएपनि आइजी अर्यालले ध्यान नदिएको प्रहरीहरू बताउँछन् ।
बढुवा नभई एसएसपीबाटै विदा हुन पुगेका यादवराज खनालले यसविरूद्ध अदालतमा रिट समेत हालेका थिए । तर, त्यो रिट यत्तिकै खेर गएको छ । निर्वाचन आचारसंहिताई देखाउने काम भएको थियो । उता, यहि बीचमा सशस्त्र प्रहरीमा भने भर्ना र बढुवालाई आचारसंहिताले नरोकेका कारण बढुवा रोकिएको भन्दै नेपाल प्रहरीका अधिकारीहरू उदास हुन थालेका छन् । ‘अन्त नरोकिने नेपाल प्रहरीमा रोकिने काम भयो यो नियोजित रूपमा भइरहेको छ’, एकजना प्रहरी अधिकारीले भने,‘संगठन नै ध्वस्त हुनेगरी भएको यो कामले मनोवल गिराएको छ ।’
सरकार परिवर्तन भएपनि गृह मन्त्रालय पाएका जनार्दन शर्माले गिरेको मनोवलमा प्रहरी अधिकारीले काम गर्न नसक्ने बताइसकेपनि बढुवामा चासो दिएका छैनन् । केही प्रहरी अधिकारी भने बढुवा रोकिएको भन्दै अदालतसम्म जाने तयारीमा रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय