scheduleबुधवार आश्विन ६ गते, २०७८

सत्ताधारी दलद्वारा आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

रोमानिया, असार १ । रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । ‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उनले राजिनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो ।

दलको कार्यकारी समितिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उनलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पास गरेको छ ।

ग्रिन्डिनु र दलका प्रमुख केन्द्रिय नेताबीच प्रधानमन्त्रीबाट हट्न गरिएको आह्वानका विषयमा विवाद चुलिएको थियो । प्रधानमन्त्रीले आफूलाई हटाउन अति नै कडा उपाय अवलम्वन गरेपनि पदबाट नहट्ने बताएपछि उनलाई अविश्वासको मतद्वारा हटाउने निर्णय लिइएको हो । पछिल्लो समय सरकारका गतिविधिलाई सुधार गरी अघिबढ्नुपर्ने विषयमा प्रधानमन्त्रीको दल र सरकारवीच समस्या देखिदै आएको थियो । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय