scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

५ वर्षीया बालिकाको अन्तिम इच्छा : आफ्नै साथीसँग गरिन् परीको जस्तो विवाह

एजेन्सी । लन्डनस्थित जटिल रोग ‘न्यूरोब्लास्टोमा’ क्यान्सरसँग जुधिरहेकी पाँच वर्षिया बालिका इलीध पाटर्सनले आफ्ना साथी ह्यारिसन गियरसँग विवाह गरेकी छन् । यस विवाहमा उपस्थित भएका सम्पूर्ण अतिथिहरुले परीको पहिरनमा सहभागिता जनाएका थिए । दुई सय भन्दा बढी उपस्थित भएको उक्त विवाहको लक्ष्य वास्तवमा क्यान्सरकी बिरामी पाँच वर्षीया पाटर्सनको परीहरु जस्तै विवाह गर्ने अन्तिम इच्छा पूरा गर्नु थियो । उनको उपचार गर्न असम्भव भएपछि चिकित्सकहरुले अब उनीसँग अब धेरै समय नरहेको बताएका थिए । आफ्नी छोरीको अन्तिम समय नजिक आउँदै गएपछि उनको इच्छा अनुसार आमाबुबाले उनको परीजस्तै गरी विवाह गराइदिएका हुन् ।

इलीध पाटर्सनकी आमा आफ्नी छोरीको अन्तिम इच्छा पूरा गर्ने बेला निकै भावूक भएकी थिइन् । उनकी आमा गेल पाटर्सनले विवाहको समारोहका बेलामा आफ्नी छोरीको यति छोटो जीवनबारे कथा बनाएर सबैलाई सुनाएकी पनि थिइन् । उनको कथाले उपस्थित सबैलाई निकै भावुक बनाएको थियो ।

इलिधले क्यान्सरको अन्तिम स्टेजमा पुगेपछि उनका अन्तिम इच्छाबारे आफ्ना आमाबुबालाई बताएकी थिइन् । उनलाई सबैभन्दा पहिले आफ्ना सबभन्दा मिल्ने साथीसँग टिभीमा देखाउने परीहरुको जस्तै गरेर विवाह गर्ने रहर थियो । एकअर्काको हातमा हात जोडेर उनीहरुले विवाह गरे र उनको यो इच्छा अहिले पुरा भइसकेको छ ।

६ वर्षिय दुलाहका पिताले बताएअनुसार हयारीसन यसअघि कहिल्यै पनि विवाहमा गएका थिएनन् । तर उनले यस विवाहको हरेक क्षण आफ्ना साथीसँग यादगार बनाएर मनाए । उनी र इलिध भेटेदेखि नै एकअर्कासँग छुट्टिन गाह्रो मान्ने गरेको उनले बताए । त्यसैले उसले उनलाई धेरै माया गर्ने हुनाले इलिधको अन्तिम इच्छा पूरा गर्नका लागि जे गर्न पनि तयार रहने बताएका थिए ।

कार्यक्रममा सबैले सुपरहिरो र फेरीटेलको पहिरन लगाएकाले पनि इलिध निकै खुसी थिइन् । उनकी आमाले बताएअनुसार यस कार्यक्रममा उनको स्वास्थ्यमा कुनै बाधा नआओस् भनेर केही दिनअघि मात्र इलिधलाई ‘ब्लड ट्रान्सफिउजन’ गरिएको थियो । उनी निकै अस्वस्थ्य देखिएकी थिइन् तर विवाहको कार्यक्रममा उनी असाध्यै खुसी थिइन् । उनका अरु इच्छाहरुमा उनलाई मरमेडसँग पौडी खेल्न मन लागेको, समुद्र किनारमा खेल्न मन लागेको, डल्फिनसँग भेट्न मन भएको र हिउँमा खेल्न मन रहेको उनले बताएकी छन् ।

उक्त कार्यक्रममा छरछिमेकी र आफन्तजनहरुले पूर्ण सहमति जनाएकोमा इधिलकी आमा निकै खुसी थिइन् । उनले भनिन्, ‘मैले मेरो छोरीका अन्तिम इच्छाका यस्ता सूचीहरु देख्ना साथै कुनै पनि हालतमा पूरा गर्छु भन्ने सोचेकी थिएँ र आज उसको पहिलो इच्छा पूरा भएकोमा हामी सबै धेरै खुसी छौँ । मेरी पाँच वर्षीया छोरी धेरै बहादुर छिन् र उनले यस अफ्ठयरो समयलाई छिट्टै पार गरुन् भन्ने हामी सबैको चाहना छ,’ उनले भावुक हुँदै भनिन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage