scheduleबिहिवार कार्तिक १३ गते, २०७७

सार्वजनिक सवारीमा इन्टरनेट सेवा

काठमाडौं, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ ।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्  ।

सेवा सुरुआतले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडियो लगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन् । सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay