scheduleबुधवार भाद्र ४ गते, २०७६

अविवाहित रहनुको राज खोल्दै तब्बुले भनिन्- अजयका कारण बिहे गरिन्

एजेन्सी, १५ असार । बलिउडकी अभिनेत्री तब्बु ४५ वर्षकी भइसकिन् तर हालसम्म उनले विवाह गरेकी छैनन् । र, हालै उनले यसको कारणबारे पनि एक खुलासा गरेकी छन् । उनले आफुले विवाह नगर्नुको कारण उनको समकालिन अभिनेता अजय देवगन भएको बताएकी छिन् ।

उनले एक पब्लिकेशनसँग कुरा गर्दै उनले अजयसँग २५ वर्षदेखि परिचित रहेको बताइन् । उनको अनुसार अजय उनको कजिन समीर आर्यको छिमेकी थिए । समीर र अजय एकदमै नजिकको मित्र थिए ।

जव तब्बु सानी थिइन् तब अजय र समीर उनीमाथि खूब निगरानी राख्ने गर्दथे र जुनै केटा मानिसलाई पनि उनीसँग कुरा गरेको देखेमा ती केटालाई पिट्ने गर्दथे । ती दुवै त्यस समय ठूलो गुण्डा भएको उनी बताउँछिन् ।

रिपोर्टको अनुसार अजय आफ्नो विशेष साथीको विवाह भएको देख्न चाहन्थे र यसलाई विषयलाई लिएर तब्बु सधैं ठट्टामा अजयलाई आफ्नो लागि योग्य मानिस खोजिदिन आग्रह गर्ने गर्थिन् ।

त्यो ठट्टा नै थियो तर, आफ्नो र अजयको सम्बन्ध सधै राम्रो रहेको उनी बताउँछिन् । उनी बताउँछिन् कि सबैअभिनेताहरुमा यदि उनको लागि कोही महत्वपूर्ण छ त ति हुन् अजय देवगन र आज पनि बाल्यकालको झैं अजय आफ्नो लागि एकदमै संरक्षक व्यक्ति भएको उनी बताउँछिन् । र, यसैलाई उनी आफूले विवाह नगर्नुको कारण पनि मान्छिन् ।

हालसम्म यी दुईले बलिउडमा धेरै चर्चित फिल्महरु दिइसकेका छन् । १९९४ मा आएको विजयपथ, १९९५ को हकीकत, १९९९ को तक्षक र केही समयअघि आएको दृश्यम त्यस्ता चलचित्र हुन् जसमा दुई साथ देखिएका छन् ।

रोहित सेट्टीको आउँदै गरेको चलचित्र गोल्माल अगेन मा पनि दुवै साथ देखिदैँछन् ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage