scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

जब रजनीकान्तलाई बूढो भिखारी भनेर १० रुपैयाँ थमाइयो …

एजेन्सी । रजनीकान्तलाई दक्षिण भारतका मानिसहरुले भगवान सरहको दर्जा दिने गरेका छन् । उनी बलिउडका ठूला सुपरस्टार हुन् तर यति ठूला व्यक्तिलाई पर्दापछाडि चिन्न भने धेरै कठिन छ ।

अहिले आफ्नो आगामी फिल्म २.० को प्रोमोसनमा व्यस्त रहेका रजनीकान्त यसलाई सुपर हिट बनाउन मिहिनेतसाथ काम गरिरहेका छन् । २००७ को उनको फिल्म शिवाजी हिट भएसँगै चर्चामा आएका रजनीकान्त सधैँ आफ्ना फिल्महरु सफल भएकामा धन्यवाद दिन मन्दिर जाने गर्छन् । भगवानमा धेरै आस्था राख्ने उनी केही समय अघि सुरक्षालाई ध्यानमा राख्दै बूढो मान्छेको भेषमा मन्दिर गएका थिए ।

मन्दिरको भर्‍याङ उक्लिने क्रममा उनीसँग एउटी महिला पनि थिइन । त्यसै समयमा ती महिलाले रजनीलाई बुढो भिखारी सम्झिएर उनको हातमा १० रुपैयाँको नोट थमाइदिइन् ।

त्यसबेलासम्म रजनीकान्त केही बोलेनन् र मुस्कुराए मात्र । यसपछि उनले आफ्नो पर्स निकालेर त्यहाँ भएको सबै पैसा भगवानको चरणमा दान गरिदिए । यो देखेपछि भने ती महिलाले उनलाई चिनिन् र उनीसँग माफि मागिन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage