scheduleआइतवार भाद्र १ गते, २०७६

जब परिवारले नै गराइदिए १६ वर्षीय युवकको बिहे ७१ वर्षीया वृद्धासँग

एजेन्सी, २१ असार । इन्डोनेसियामा १६ वर्षीय युवक ७१ वर्षीया वृद्धासँग मायामा परेपछि उनीहरुको परिवार समस्यामा परेको छ । परिवारले बारम्बार उनीहरुको सम्बन्ध अस्वीकार गरिरहेका थिए । तर उनीहरुले आफूहरुलाई विहे गर्न नदिए आत्महत्या गर्ने धम्की दिएपछि भने आखिरमा परिवार उनीहरुको सम्बन्ध स्वीकार्न बाध्य भएको हो ।

सेलामत रिआयदीले आफ्नी वृद्ध प्रेमिका रोहायासँग इन्डोनेसियाको पश्चिमी स्टेटमा गएर विवाह गरेका छन् । उनकी प्रेमीकाले यसअघि दुईपटक विवाह गरिसकेकी थिइन् तर उनका दुईवटै पतिको मृत्यु भएको थियो । यसरी उनी दोस्रो पटक विधवा भएकी थिइन् ।

उनीहरुको सम्बन्ध यति बलियो छ की अहिले उनीहरु साथ मर्न समेत तयार छन् तर छुटिन तयार छैनन् । उनीहरुको एकअर्काप्रति अति नै लगाव भएपछि अहिले वैवाहिक सम्बन्धमा बाँधिएर उनीहरुले नयाँ जीवनको सुरुवात गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage