scheduleबिहिवार आश्विन ३० गते, २०७६

यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ

 

रसुवा, २२ असार । अवैधरुपमा नेपालबाट चीनतर्फ लान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा आज अपराह्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा २४ वर्षीय चिनियाँ पुरुष सञ्जेही (कगलशजभ रहेका छन् ।

बुट्टेदार बट्टामा प्याकिङ गरी लुकाइछिपाइ चीनतर्फ लान लागेको अवस्थामा ती चिनियाँ नागरिकबाट २९६ थान यार्सागुम्बा बरामद गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐनअनुसार कारबाहीका लागि केही समय अगाडि लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage