scheduleशनिवार भाद्र ७ गते, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाह भव्यरुपमा जन्मोत्सव मनाउँदै

काठमाडौँ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउनेभएका छन् ।

आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।

विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage