scheduleमगलवार कार्तिक ११ गते, २०७७

नेपालमै दोस्रोपटक कलेजो प्रत्यारोपण

काठमाडौँ,  २३ असार ।  नेपालमै दोस्रोपटक कलेजो प्रत्यारोपण सफल भएको छ ।  चार वर्षपहिले स्थापित मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा दोस्रोपटक कलेजो प्रत्यारोपण भएको हो ।  यसअघि मङ्सिर २२ गते भक्तपुर सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको थियो ।
गत आइतबार काठमाडौँ लगनटोलका ५७ वर्षीय हीराकाजी महर्जनको दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको हो ।  महर्जनलाई उहाँकी २४ वर्षीया छोरी सरिता महर्जनले कलेजो दान गर्नुभएको हो ।  नेपालमा यो दोस्रोपटक सफल कलेजो प्रत्यारोपण भएको हो ।  अस्पताल स्रोतका अनुसार महर्जनको अवस्था सामान्य हँुदै गएको छ ।
पहिलोपटकको बलरामको शल्यक्रिया दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोलीको सहभागितामा सम्पन्न भएको थियो ।  दोस्रो अर्थात् महर्जनको शल्यक्रिया भने भारतस्थित नयाँदिल्लीको म्याक्स हस्पिटलबाट आएको टोली र नेपाली टोलीले सम्पन्न गरेको अस्पताल केन्द्रको स्रोतले जानकारी दिएको छ ।
तीन वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आएको केन्द्र छोटो अवधिमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।  कलेजो प्रत्यारोपण चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिन्छ ।  मङ्सिरमा अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको थियो ।  अझै पनि नेपाली बिरामी कलेजो प्रत्यारोपणका लागि भारत, जापान, अमेरिका जस्ता मुलुकमा गएर एक करोड ५० लाख रुपियाँसम्म खर्च गरिरहेका छन् ।
दिल्लीबाट आएको कलेजो प्रत्यारोपणको टोलीमा प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ, डा. छेतेन शेर्पा, मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. सम्र्पूणमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राईलगायतका टोलीले सम्पन्न गरेको हो ।  अस्पताल स्रोतका अनुसार आइतबार ११ घण्टा लगाएर महर्जनको कलेजो प्रत्यारोपण गरिएको हो ।  अत्यधिक मदिरा सेवनका कारणले महर्जनको कलेजो फेल भएको अस्पताल स्रोतले जनाएको छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay