scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

जन्मदिनमा शाहको भावुक वक्तव्य

काठमाडौं, २२ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिनको अवसरमा भावुक वक्तव्य जारी गरेका छन् ।

शुक्रबार पूर्वराजा शाहले ७१ जन्मोत्सवको अवसरमा जारी गरेको वक्तव्यमा हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित र सम्बृद्धिको बाटोमा अघि बढोस भन्ने आफ्नो मुल चाहाना र कामना रहेको बताएका छन् । शाहले पद, प्रतिष्ठा र प्रसंशाभन्दा पनि निरन्तरका चाहाना शेदभक्ति नै भएको उल्लेख गरेका छन् । पूर्वराजा शाहले ‘नेपाली हामी रहौंला कहां नेपालै नरहे’ भन्ने सुत्र लेख्दै यो सुत्र स्मरण गर्न सबै नेपालीलाई आग्रह समेत गरेका छन् ।

शाहले देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफ्नो मनोकांक्षा रहेको पनि बताएका छन् ।

शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्टिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको स्मरण गराउदै हरेक पल्ट देश संकटमा पर्दा देशबासीले देखाउने गरेको अभूतपूर्व एकताका सबै सधैं नै तयार रहनुपर्ने जोड दिएका छन् । पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका भन्दै कृयाशिल ऊर्जा बोकेर ब्यँतन ढिला गर्न नहुने समेत बताएका छन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage