scheduleआइतवार भाद्र १ गते, २०७६

पतिको यस्तो उपहारपछि आँसु थाम्न सकिनन् पत्नीले

एजेन्सी, २९ असार । ४० वर्षीया बेकी टर्नी केलीसँग आफ्नो विवाहका लागि तयार हुँदै थिइन् । त्यसपछि विवाह सुरु हुने बेलामा केलीको हात समात्दै बेकी अगाडी बढिरहेकी थिइन् । तर, अचानक केलीले उनको हात छोडेर पछाडि तर्फ जान थाले । बेकी एकछिन दङ्ग परिन् र चिन्तित् हुन थालिन् । त्यसपछि केली त्यहाँ उपस्थित सम्पूर्ण आफन्त एवम् साथीभाइहरुका अगाडि गएर ट्रिस्टनका बारेमा भन्न थाले ।

ट्रिस्टन बेकीका पहिलो पतिसँगका १९ वर्षीय छोरा थिए । २०१५ मा १९ वर्षकै कलिलो उमेरमा उसको मृत्यु भएको थियो । त्यसपछि केलीले त्यहाँ उपस्थित उनका साथ दिने ग्रुम्सम्यानका रुपमा आएका एकजना युवकलाई अङ्गालो हाले । अनि उनले ती युवकलाई बेकीसँग परिचय गराइदिए जसकारण बेकीको आँखाबाट आँसु आयो ।

 

वास्तवमा २०१५ मा ट्रिस्टनको मृत्यु भएपछि उनका पाँच अङ्गहरु अरुलाई दान दिइएको थियो । जसमध्ये ट्रिस्टनको मुटु ती युवकलाई दिइएको थियो । केलीले विशेषगरी बेकीलाई आफ्नो विवाहको उपहारका रुपमा ती युवकलाई त्यहाँ उपस्थित हुन बोलाएका थिए । ग्रुम्सम्यानका रुपमा बोलाएपछि उनले त्यहाँ उपस्थित सम्पूर्ण मानिसहरुलाई उनीसँग परिचय गराए ।

जेकब नामक ती युवकको शरीरमा आफ्ना मृत छोरा ट्रिस्टनको मुटु रहेको थाहा पाएपछि बेकी निकै भावुक बनिन् । उनले जेकबलाई मन खोलेर अङ्गालो हालिन् र उनको छातीमा टाउको राखेर आफ्ना छोराको मुटुको धड्कन समेत सुनिन् । केलीले उनको धड्कन सुन्नका लागि भनेर स्टेथोस्कोपको समेत व्यवस्था गरेका थिए ।

त्यसैले बेकीले उनको छातिमा स्टेथोस्कोप राखेर ट्रिस्टनको मुटुको धड्कन सुन्दै भनिन् की यो उनको जीवनको सबैभन्दा खास एवम् राम्रो उपहार थियो । बेकी र केली अमेरिकाको अलस्कामा बस्छन् भने जेकब क्यालिफोर्नियामा बस्छन् । बेकी र जेकबको यो पहिलो भेट थियो ।

यसपछि बेकी र जेकबबीच म्यासेज र फोनमार्फत कुराकानी भइरह्यो । जेकब उनको जीवनको सबैभन्दा सुन्दर सप्राइज रहेको बताउँदै बेकीले केलीलाइै हृदयदेखि धन्यवाद दिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage