scheduleबिहिवार भाद्र ५ गते, २०७६

इस्लामिक स्टेटविरुद्ध पाकिस्तानले चाल्यो ठूलो अभियान

एजेन्सी, २ साउन । पाकिस्तानी सेनाले कथित इस्लामिक स्टेटको विरुद्धमा अफगानिस्तासँगको सीमा क्षेत्रको उत्तर पश्चिम इलाकामा एउटा ठूलो अभियान शुरु गरेको छ ।

पाकिस्तान सेनाका एक प्रवक्ताका अनुसार इस्लामिक स्टेटका चरमपन्थीले अफगानिस्तानभित्र आफ्नो पकड बढाएको छ र उनीहरुलाई आफ्नो प्रभाव बढाउनबाट रोक्न आवश्यक छ । वायुसेनाको सहयोगबाट चलाइएको ‘खैबर ४’ नाम दिइएको उक्त अभियानले खैबर एजेन्सीको ध्यान राजगल घाँटीको पहाडी क्षेत्रहरुमा केन्द्रित गर्ने विश्वास गरिएको छ ।

पाकिस्तानले यस अघि आफ्नो इलाकामा इस्लामिक स्टेटको उपस्थितिलाई अस्विकार गरेको छ । तर अफगानिस्तानमा इस्लामिक स्टेटको बढ्दो प्रभावले पाकिस्तानको चिन्तालाई बढाईदिएको छ । पछिल्लो वर्षमा दाएशले पाकिस्तानमा धेरै हमला गरेको दावी गरेको छ ।

पाकिस्तानी सेना प्रवक्ता लफ्टिनेन्ट जनरल आसिफ गफूरले अभियानले राजगाल घाँटीबाट पाकिस्तानी इलाकामा प्रवेश गर्ने दाएशलाई रोक्न सहयोग पुर्‍याउने विश्वास रहेको बताएका छन् । जनरल गफूरका अनुसार उक्त इलाकामा दाएशमा संलग्न मानिसहरुमा अधिकतम पहिलेदेखि नै अफगान र पाकिस्तानी तालीबानको सदस्य रहेको छन् ।

अफगानिस्तानका केहि क्षेत्रहरुमा इस्लामिक स्टेटको नियन्त्रण छ र सन् २०१५ देखि पाकिस्तानमा पनि उ आफ्नो उपस्थिति बनाउन चहान्छ । २०१५ मै उसका लडाँकुहरुले पाकिस्तानमा पहिलो पटक हमला गरेको थियो ।

यसको साथै इस्लामिक स्टेटले पहिलो पटक अरब दुनियाँभन्दा बाहिर पनि आफ्नो उपस्थिति रहेको आधिकारिक घोषण गरेको थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage