scheduleआइतवार मंसिर १ गते, २०७६

पहिलो पटक जापानले उडायो शुन्य गुरुत्वमा ड्रोन

एजेन्सी, ३ साउन । जापानको अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडाएको ड्रोनबाट लिएको पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

आन्तरिक बल क्यामरा बताइएको उक्त ड्रोनलाई अन्तरिक्ष यात्रीहरुको कार्यको तस्बिर र भिडियो खिच्न पठाइएको थियो ।

पृथ्वीबाट निर्देशन दिइएको उक्त ड्रोन शुन्य गुरुत्व वातावरणमा पनि उड्न सक्छ ।

अन्तरिक्ष एजेन्सीका अनुसार यो ड्रोन जुनसुकै समय जहाँ पनि चल्न सक्छ र स्वतन्त्र उडान भरेर जुनसुकै कोणबाट पनि तस्बिर लिन सक्छ ।

उक्त ड्रोनको कार्य भनेको सामान्य रुपमा अन्तरिक्षको तस्बिर लिनु हो । हालसम्म उक्त कार्य अन्तरिक्ष यात्रीहरु आफैंले गर्ने गर्‍थे ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage