scheduleआइतवार कार्तिक ३ गते, २०७६

क्यामरुनमा बोको हरामका लडाकुलाई क्रुरतापूर्ण यातना

एजेन्सी, ५ साउन । आशंका गरिएका बोको हरामका लडाकुहरुलाई क्यामरुनको सुरक्षाबलले क्रुरतापूर्ण यातना दिएको एमनेस्टी इन्टरनेशनलले बताएको छ ।

एमनेस्टी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा आशंका गरिएका महिला बालबालिकालाई सुरक्षाबले पिटेर तनावपूर्ण जिवन बिताउन बाध्य बनाएको बताएको छ ।

यस्ता घटना सन् २०१३ देखि सन् २०१७ मा भएको र यसबीच दर्जनौं लडाकु बन्दीहरु मारिएको बताएको छ ।

नाइजेरियास्थित इस्लामिक समूह बोको हरामले भने सन् २०१४ यता क्यामरुनमा १५ सय भन्दा धेरै नागरिको हत्या गरेको छ भने धेरैको अपहरण गरेको एमनेस्टीले बताएको छ ।

प्रतिवेदन अनुसार विभिन्न २० ठाउँका पीडितहरुले सैनिकहरुले दिएको कम्तिका २० प्रकारका यातनाहरुको बारेमा बताएका थिए । जसमध्येको एक स्थानमा भने यातनाको समयमा अमेरिकी र फ्रान्सेली सैनिक कर्मचारी पनि उपस्थित भएको बताइएको छ । दुई मुलुक यातनामा संलग्न भएको कुनै प्रमाण नभएन पनि एमनेस्टीले दुवै देशलाई कथित यातनाबारे अनुसन्धान गर्न माग गरेको छ ।

रिपोर्टले लडाकुलाई समर्थन गरेको आशंका मानिसहरुलाई बिना प्रमाण नै कैद गरेको पनि बताएको छ ।

सन् २००२ मा नाइजेरियामा स्थापना भएको बोको हराम सुरुआती दिनहरुमा पश्चिमी शिक्षा प्रणाली केन्द्रित थियो । बोको हरामको अर्थ हौसा भाषामा पश्चिमी शिक्षा प्रतिबन्ध भन्ने बुझिन्छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage