भोजपुरी गीतमा हेमन्त (भिडियोसहित)
काठमाडौं, ९ साउन । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो, हेमन्त शर्मा । शर्मा गीतमा नयाँ प्रयोग गर्न रुचाउने गायकमा पर्छन् । त्यस्तै हालै उनले ‘लब्ली लब्ली’ बोलको भोजपुरी गीत आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
गीतलाई गायक शर्मा र नरहरी प्रेमीले लेखेका हुन् भने संगीत पनि प्रेमीले नै दिएका छन् । गीतमा अनिल, सुष्मा, कृष्ण र सन्देशको फिचरिङ रहेको गीतको म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा शिव विकको कोरियोग्राफी रहेको छ ।
भिडियो हेर्नुहोस् :