scheduleशनिवार भाद्र ७ गते, २०७६

११ बर्षदेखि ज्ञानेन्द्रको चिया बगानले कर तिरेन

दमक, १० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक बर्ष ०६२/६३ देखि बगानले कर नबुझाएको बताएका हुन् ।

उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ ।

‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने ।  कान्तिपुरमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage