scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बोको हरामबाट उद्दार गर्ने क्रममा ४० को मृत्यु

काठमाडौं, १३ साउन । नाइजेरियामा इश्लामवादी लडाकु समूह बोको हरामको धरापमा परेका मानिसहरूलाई उद्दार गर्ने क्रममा चालीस भन्दा बढी मारिएको श्रोतहरूले बीबीसीलाई बताएका छन् ।
माइडुगुरी विश्वविद्यालयका एकजना प्रवक्ताले तेल अन्वेषण समूहका कम्तीमा पाँच सदस्य मारिएको बताए ।
एम्बुसमा सिपाही र भिजिलान्ते समुहका सदस्य पनि मारिएका छन् ।
ठूलो संख्यामा मानिस मारिएपछि विद्रोह परास्त भइसकेको बताउँदै आएको सरकारका लागि धक्का लागेको बताइएको छ ।
बोको हराम विद्रोह सन २००९ मा शुरू भए यता कम्तीमा २० हजार मारिएका र हजारौं अपहरणमा परेको बताइएको छ ।
मंगलबार के भएको थियो भन्ने प्रष्ट भइसकेको छैन तर सेनाबाट प्राप्त प्रारम्भिक रिपोर्टहरूमा माइडुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भ्विद र सर्वेकर्ताहरूको उद्दार गरिएको बताइएको थियो ।
तर विश्वविद्यालयले दुई प्राध्यापक र एक ड्राइभर सहित विश्वविद्यालयका कम्तीमा पाँचजना कर्मचारी मारिएको जनाएको छ ।
माइडुगुरी विश्वविद्यालयका प्रवक्ता ड्यानी म्यामनले एएफपी समाचार संस्थालाई भने, ‘सेनाका प्रवक्ताले उनीहरूको उद्दार गरिएको भनेकाले हाम्रा कर्मचारी सकुशल छन् भन्ठानेका थियौं तर हामीलाई चारवटा शव हस्तान्तरण गरेपछि स्तब्ध भयौं। हाम्रा केही कर्मचारी अझ हराइरहेका छन् ।’
श्रोतहरूका अनुसार चालीस भन्दा बढी मारिएकामध्ये धेरैजसो सिपाही र भिजिलान्ते समुहका स्वयंसेवीहरू परेका छन् । केही श्रोतले मारिनेको संख्या बढ्नसक्ने जनाएका छन् । बीबीसी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय