scheduleशनिवार आश्विन ४ गते, २०७६

अमेरिका-उत्तर कोरियाबीच युद्ध हुनसक्ने, उत्तर कोरियाको आकाशमाथि उडाइयो बमवर्षक विमान

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दै गइरहेको छ । चीन समेत केही राष्ट्रहरुको सहयोगको बीच उत्तर कोरियाका शासक किम जोङले अमेरिकालाई रुष्ट बनाउनल फेरि अन्तरमहाद्वीपीय ब्लालिस्टिक मिसाइल आईसीबीएम परीक्षण गरेका छन् । बताइएअनुसार किमको यस कदमले अमेरिकी राष्ट्रपति ट्रम्प चिन्तित बनेका छन् ।

किम जोङलाई चेतावनी दिँदै अमेरिकाले आफ्नो शक्ति प्रदर्शनका लागि कोरियलाी प्रायद्वीपमाथि उडान भरेको छ । दक्षिण कोरियाली र जापानी वायु सेनाका लडाकु विमानहरुका साथै यूएस बी-१बी बमवर्षकहरुले १० घण्टाको द्विपक्षीय मिसनमा सहभागी भएर अभ्यास गरेका हुन् ।

प्यासिफिक एयर फोर्सेज कमांडर जर्नेल ट्यारेंस ओ शोनेसीका अनुसार उत्तर कोरिया अब क्षेत्रीय स्थिरता उत्पन्न गरेर खतरा बनिरहेको छ । उनले भने, ‘जरुरी परेमा हामी घातक र ठूलो सैन्य बल लगाएर आफू अनुकुल स्थान र समय निर्धारण गरेर जवाफ दिनका लागि तयार छौं ।’

-एजेन्सीहरुको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage