scheduleबुधवार आश्विन ६ गते, २०७८

यसकारण पोर्न स्टार खलिफालाई आईएसले मार्न खोज्दैछ

 

एजेन्सी, ११ भदौ । चर्चित पोर्न स्टार मिया खलिफालाई आईएसले मार्ने धम्की दिएको छ । एउटा डरलाग्दो ‘मक’ भिडियो सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको खलिफाले बताएकी छन् ।

आफूलाई आईएसले मृत्युदण्ड दिने चेतावनी दिएको खलिफाले बताएकी छन् । आईएसले उनको शीर छेदन गरेको एक ‘मक’ भिडियो हालै सार्वजनिक गरेको थियो । उक्त भिडियोमा मृत्युदण्ड स्वरुप उनको शीर छेदन गरिएको देखाइएको छ ।

खलिफाले अश्लील चलचित्र बनाएपछि मुस्लिम देशमा यसको व्यापक आलोचना भएको थियो । इस्लाम धर्मको धज्जी उडाएको र अपमान गरेको आरोप उनीमाथि लागेको थियो । एक जना ट्विटर प्रयोगकर्ताले खलिफाको टाउको काट्ने चेतावनी समेत दिएका थिए । अर्का एकजनाले खलिफा नर्कको आगोमा फालिने पहिलो व्यक्ति हुने बताएका थिए । मध्यपूर्वका लेबनान र टर्कीबाहेक अन्य मुलुकमा कामुक सामग्रीको व्यापारमाथि प्रतिबन्ध लगाइएको छ ।

लेबनानको बेरुतमा जन्मिएकी खलिफा १० वर्षको उमेरमा अमेरिका प्रवेश गरेकी थिइन् । उनले मुस्लिम पोशाक हिजाव लगाई बनाएका अश्लील भिडियो निकै चर्चित बनेका थिए । हाल उनी मियामीमा बस्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय