scheduleशुक्रवार भाद्र ६ गते, २०७६

उत्तर कोरियाली शासक किम बने तेस्रो सन्तानका बाबु

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ तेस्रो बच्चाका पिता बनेका छन् । मंगलबारको एक रिपोर्टले यसबारे जानकारी बाहिर ल्याएको हो । मानिसहरुका अनुसार उनकी पत्नी केही महिनादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् ।

उत्तर कोरियाका शासक किम जोङकी पत्नी री सोल जूले फेब्रुअरीमा तेस्रो सन्तानलाई जन्म दिएकी थिइन् । समाचार एजेन्सीले मंगलबार यो रिपोर्ट दिएको हो । री सोल केही महिनादेखि बाहिर देखिएकी थिइनन् । उनलाई नदेखेपछि मानिसहरुले गर्भवती भएको हुनसक्ने अनुमान लगाएका थिए । उनले केही महिनाअघि बच्चालाई जन्म दिएपनि सो खबर हालै मात्र बाहिर हो ।

उत्तर कोरियाले जापानमाथि एक मिसाइल हमला गरेपछि यस कुराको खुलासा भएको हो । किमले सन् २००९ मा उनीसँग विवाह गरेपछि रीले पहिलो बच्चालाई जन्म दिएकी थिइन् भने सन् २०१३ मा उनले दोस्रो बच्चालाई जन्म दिएकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage