scheduleशुक्रवार आश्विन १ गते, २०७८

१८ वर्षमा बिहेदेखि भिडियोमा हिजाबसम्म, यस्ता छन् पोर्न स्टार मिया खलिफाबारे रोचक तथ्य

एजेन्सी । मिया खलिफा चर्चित पोर्न स्टार हुन् । आफ्नो बोल्ड लुक्का कारण उनी पोर्न उद्योगमा चर्चामा रहने गरेकी छन् । मिया बेलाबेलामा विवादमा आउने गर्छिन् ।

सन् २०१४ मा पोर्न क्षेत्रमा प्रवेश गरेपछि उनी शीर्ष स्थानमा आइन् । त्यस्तै आज हामी मिया खलिफाबारे केही रोचक तथ्यहरु बाहिर ल्याउँदै छौं ।

मिया खलिफाको जन्म लेवनानमा भएको थियो । त्यसपछि उनी परिवारसँग अमेरिका आइन् । स्तानक गरेपछि उनले त्यहाँ एक रेष्टुरेन्टमा काम समेत गरिन् । त्यहाँ उनलाई एक ग्राहकले पोर्न क्षेत्रमा लाग्न सल्लाह दिए ।

मियाले सन् २०१४ अक्टोबरमा पोर्न उद्योगमा कदम राखिन् । र, डिसेम्बरमा नै उनी विश्वको नम्बर एक पोर्न अभिनेत्री बनिन् । मियाको जन्म मुस्लिम परिवारमा भएपनि उनी आफूलाई क्रिश्चियन मान्छिन् ।

मियालाई जनावरसँग छुट्टै प्रकारको लगाव छ । उनी जनावरसँग समय बिताउँछिन् र हेरचाह समेत गर्ने गर्छिन् ।

पोर्न भिडियोमा हिजाब पहिरिएको कारण मिया विवादमा तानिएकी थिइन् । इस्लामिक मूल्य मान्यताअनुसार हिजाब पवित्र हुन्छ । पोर्न भिडियोमा हिजाब लगाउनु धर्मको अपमान गर्नु हो ।

मिया निकै सानो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । उनले सन् २०११ को फेब्रुअरीमा एक अमेरिकन मानिससँग विवाह गरेकी थिइन् । उनले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।

मियाको परिवारले उनको पेशालाई मन पराउँदैनन् । जसकारण उनीसँग बोलेनन् पनि । उनले पोर्न फिल्ममा अभिनय गर्न थालेदेखि उनको परिवारसँग बोलचाल समेत बन्द भएको थियो ।

मिया लेवनानी भएका कारण पोर्न अभिनेत्री बनेपछि त्यसलाई लिएर निकै विवाद भएको थियो । उनले देश र धर्मको बेइज्जत गरेको भन्दै मियालाई मार्ने धम्की पनि आएको थियो ।

मियाले हातमा लेवनानको राष्ट्रिय गानको शुरुआती हरफ लेखिएको ट्याटु खोपाएकी थिइन् । यसकारण पनि उनको चर्को विरोध भएको थियो ।

मिया इन्टरनेटमा सर्वाधिक खोजिने नाममध्येको एक हो । बिग बोसमा आउने हल्लाले उनी पछिल्लो समय चर्चामा आएकी थिइन् । तर, उक्त विषय हल्लामा मात्र सीमित भयो । त्यो अफवाहको रुपमा सावित भयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय