scheduleबुधवार आषाढ़ २४ गते, २०७७

युरोपको नक्सा नै परिवर्तन गरेको एक प्रेम कथा !

काठमाडौं । नेपोलियन बोनापार्ट साहसी र कुशल सेनापतिको रुपमा चिनिन्छन् । कुनै बेला विश्वलाई हल्लाइदिने यी वीर पुरुषको प्रेरणा, मनोबल र शक्तिको श्रोत भने एक जना नारी थिइन् ।

नेपोलियनलाई लडाईंको मैदानमा सधैं प्रेरणा र हौसला दिने ती महिलाको नाम हो, जोसेफाइन बोनापार्ट । जोसेफाइन एकजना विधवा महिला थिइन् । नेपोलियनसँग प्रेम सम्बन्धमा गाँसिनुपूर्व उनका २ जना सन्तान थिए । फ्रान्सको राज्यक्रान्तिपछि उनका पतिलाई मृत्युदण्ड दिइएको थियो ।

जोसेफाइनले नेपोलियनका लागि एक जना महत्वपूर्ण सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । उनको सहयोगबिना नेपोलियन सफल हुने संभव थिएन । जोसेफाइनले गर्दा नै शक्तिशाली मानिस नेपोलियनको पक्षमा उभिएका थिए । लडाईंको मैदानमा उनकै तस्वीर बोकेर हिड्थे । जोसेफाइनको तस्वीरले आफूलाई प्रेरणा दिने र युद्ध जित्ने नेपोलियनको विश्वास थियो ।

२६ वर्षीय नेपोलियनले आफूभन्दा ६ वर्ष जेठी जोसेफाइनलाई देख्ने वित्तिकै प्रेममा परेका थिए । सन् १७९५ मा एकदिन डिनरका लागि दरबार जाँदा उनको र नेपोलियनको भेट भएको थियो ।

केही दिनपछि नेपोलियनले उनलाई प्रेम पत्र लेखेका थिए । ‘मेरो वरपर तिमीलाई नै देख्छु, तिम्रो यादले मलाई निकै सताएको छ’ भनेर उक्त पत्रमा लेखेका थिए । उनले कैयौं प्रेम पत्र लेखेका थिए । एक वर्षपछि दुबैको विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको २ दिनपछि सेनासहित इटाली गएका थिए । परदेशबाटै उनले कैयौं प्रेम पत्र लेखेका थिए ।

तर जोसेफाइनले कुनै सन्तान नजन्माएपछि नेपोलियनले दोस्रो विहे गर्नु परेको थियो । आफ्नो उत्तराधिकारीलाई जन्म दिन नसकेपछि उनले दोस्रो विहे गरेका थिए ।

नेपोलियन र जोसेफाइनको प्रेम सम्बन्ध निकै गाढा थियो । विछोडपछि पनि जोसेफाइन नेपोलियनलाई उत्तिकै माया गर्थिन् । नेपोलियनलाई पक्रेर जेल हालेपछि उनी निकै दुखी बनेकी थिइन् । एक महिलापछि उनी ज्वरोले सिकिस्त बनेकी थिइन । केही समयपछि उनको निधन भएको थियो ।

जोसेफाइनको निधन भएको ७ वर्षपछि नेपोलियनको पनि निधन भएको थियो । मर्ने बेलामा उनले ‘जोसेफाइन’ भनेर अन्तिम सास लिएका थिए ।

 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय