scheduleबिहिवार श्रावण १४ गते, २०७८

भारतबाट गैंडाको उद्धार

चितवन, १६ भदौ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ ।

आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपुर्‍याउने र शनिबार बिहान निकुञ्जमा छाडिने अर्यालले जानकारी दिए । यो सँगै भारतबाट उद्धार गरिएको यो सातौं गैंडा हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय