जब लजाएर मुस्कुराइन् रक्षा…(भिडियोसहित)
काठमाडौं, १७ भदौ । ‘लजाएर मुस्कुराउने’ बोलको गीत ‘सङ्स नेपाल’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
प्रकाश नेपालीले संगीत भरेको उक्त गीतमा अल्लिन थापा मगरले स्वर दिएका छन् भने सिएलएस सुनिल श्रेष्ठको फिचरिङ छ । त्यस्तै गीतलाई सिएलएस सुनिल श्रेष्ठले लेखेका हुन् ।
गीतको म्युजिक भिडियोलाई अनिल राना मगरले निर्देशन गरेका छन् । गीतमा रक्षा श्रेष्ठका अलवा सोमिया श्रेष्ठ र अदिप श्रेष्ठको अभिनय देख्न पाइनेछ ।
गीतको म्युजिक भिडियोलाई विक्रम कार्कीले खिचेका हुन् भने संगीत बानियाँले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :