scheduleसोमवार आश्विन १२ गते, २०७७

क्यानका पूर्व अध्यक्ष शाहको निधन

काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको बुधबार निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो ।

शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरेका थिए । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन थालेको हो ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए । कार्यथलो बैतडीमा रहनुभएका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए ।

फोटो सौजन्य : मनास्लुखबर

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय