scheduleमगलवार माघ १४ गते, २०७६

सरकार बालबालिकाका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ : मन्त्री कोइराला

काठमाडौँ, २४ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बालबालिकाको वृत्तिविकासमा सरकारले ध्यान दिने बताएकी छन् ।

शनिबार राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा वितरण कार्यक्रममा उनले बालबालिकाले नै भविष्यमा देश सञ्चालन गर्ने भएकाले सरकारले उनीहरुको शारीरिक तथा मानसिक वृत्तिविकासमा ध्यान दिने बताईन् ।

‘अहिलेका बालबालिकामा राज्यले लगानी गर्नुपर्दछ’– उनले भनिन्, ‘त्यो प्रतिफल पछि देशले पाउँछ । त्यसैले सरकार बालबालिकाका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’

उनले असहाय, अपाङ्गजस्ता बालबालिकालाई सरकारले एक्लै संरक्षण गर्न नसक्ने भन्दै सबैको सामूहिक प्रयासबाट मात्र उनीहरुको हेरचाह गर्न सकिने धारणा राखिन् । उनले असहाय, गरिब, अपाङ्ग बालबालिकालाई सहयोग गर्नका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताईन् ।

कार्यक्रममा मन्त्री कोइरालाले असहाय, अपाङ्ग करिब ३० बालबालिकालाई विभिन्न संस्थाबाट उपलब्ध शैक्षिक सामग्री र कपडा प्रदान गरेकी थिईन् ।

सोही कार्यक्रममा पशुपन्छी विकास राज्यमन्त्री गोमादेवी कुँवरले अझै पनि बालबालिका सडकमा रहेकाले उनीहरुलाई त्यहाँबाट ल्याई शिक्षा, स्वास्थ्य उपलव्ध गराउनुपर्ने बताईन् ।

कार्यक्रममा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामाले शतप्रतिशत बालबालिकालाई शिक्षाको उज्यालो दिनुपर्ने धारणा राखिन्।

उनले अझै पनि धेरै बालबालिका शिक्षाबाट बञ्चित भएको उल्लेख गर्दै सबै बालबालिकालाई शिक्षा दिनुपर्ने बताईन् । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय